नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएको भन्न मिल्दैन : देव गुरुङ
काठमाडौं, फागुन २३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता देव गुरुङले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएको भन्न नमिल्ने तर्क तरेका...
काठमाडौं, फागुन २३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता देव गुरुङले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएको भन्न नमिल्ने तर्क गरेका छन्।
संसद सचिवालय सिंहदरबारमा आइतबार सर्वोच्च अदालतको फैसलाबारे प्रतिक्रिया दिँदै उनले एकीकरणपछि धेरै काम भइसकेको र त्यसको स्वामित्व सरकारले पनि लिएकाले नामले मान्यता नपाए पनि एकीकरणका सबै अवयव मेटिन नसक्ने बताए।
नेकपा संसदीय दलका प्रमुख सचेतकसमेत रहेका नेता गुरुङले सर्वाेच्चले बेठीक समयमा न्याय दिएको टिप्पणी गरे। सर्वोच्चको फैसलाले अब धेरै ठाउँमा असर पार्ने उनको भनाइ थियो।
प्रकाशित मिति: १६:५० बजे, आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790853075.png)