Kathmandu Press

सर्वोच्चको फैसलाबाट ब्युँतिए एमाले र माओवादी केन्द्र

‘निर्वाचन आयोगका ती निर्णय बदर भएपछि साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग–अलग राजनीतिक दलका रूपमा साबिककै अवस्थामा कायम रहने’ फैसला सर्वोच्चले दिएको छ।
सर्वोच्चको फैसलाबाट ब्युँतिए एमाले र माओवादी केन्द्र

काठमाडौं, फागुन २३ : सर्वोच्च अदालतको आइतबारको फैसलामार्फत आपसमा एकीकरण भएको भनिएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्ववत् अवस्थामा फर्किएका छन्।

एमाले र माओवादी केन्द्रबीच एकीकरण गर्ने भएमा अलग्गै निर्णय गरी उपस्थित हुन सूचित गर्न सर्वोच्चले निर्वाचन आयोगलाई आदेश दिएको छ।

कानूनी आधार कारण समेतबाट नेकपा नाम गरेको पार्टी निर्वाचन आयोगमा पहिलो दर्ता भइसकेको अवस्थामा सोही पार्टीसँग नाम मिल्नेगरी नयाँ पार्टी दर्ता गरेको निर्वाचन आयोगको २३ जेठ ०७५ को निर्णय र त्यसलाई सदर गर्ने गरी ९ पुस ०७५ मा निर्णय फैसला राजनीतिक दलसम्बन्धी ऐन, ०७३ को दफा ६ (१) (ङ) र नियमावली, ०७४ को नियम ९ मा भएको कानूनी व्यवस्थाविपरीत देखिएको सर्वोच्चले ठहर गरेको छ।

‘निर्वाचन आयोगका ती निर्णय बदर भएपछि साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग–अलग राजनीतिक दलका रूपमा साबिककै अवस्थामा कायम रहने’ फैसला सर्वोच्चले दिएको छ।

फैसलामा भनिएको छ, ‘अब यी दुई राजनीतिक दलले एकीकरण गर्ने भएमा राजनीतिक दलसम्बन्धी ऐन तथा नियमविपरीत नहुनेगरी निर्णय गरी अविलम्ब उपस्थित हुन जानकारी दिई शिघ्र कानूनबमोजिम आवश्यक निर्णय गर्नू गराउनू।’
 
प्रकाशित मिति: १६:०० बजे, आइतबार, फागुन २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्