Kathmandu Press

प्रचण्ड-नेपाल समूहकाे दलको नेता परिवर्तनको पत्र संसद सचिवालयद्वारा दर्ता

काठमाडौं, फागुन २३ : संसद सचिवालयले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले संसदीय दलको नेता परिवर्तन गरेको जानकारी दिइएको पत्र दर्ता गरेको छ।शुक्रबार नेकपा...
प्रचण्ड-नेपाल समूहकाे दलको नेता परिवर्तनको पत्र संसद सचिवालयद्वारा दर्ता

काठमाडौं, फागुन २३ : संसद सचिवालयले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले संसदीय दलको नेता परिवर्तन गरेको जानकारी दिइएको पत्र दर्ता गरेको छ।

शुक्रबार नेकपा दाहाल–नेपाल समूहको सांसदहरूको बैठकले संसदीय दल नेताका रूपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गरेको निर्णय उल्लेख भएको पत्र संसद सचिवालयले दर्ता गर्न मानिरहेको थिएन।

निर्णयबारे औपचारिक रूपमा जानकारी गराउन नेताहरू प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल लगायत केही सांसद संसद सचिवालयका महासचिव भरत गौतमको कार्यकक्षमा पुगेका थिए । 

संसद सचिवालयले नेमुख्य सचेतकका रूपमा देवप्रसाद गुरुङलाई निरन्तरता दिएको बताइएको छ। पत्रमा १ सय १२ सांसदको हस्ताक्षर रहेको प्रचण्ड-नेपाल पक्षीय सांसदहरूले बताए ।

प्रकाशित मिति: १५:२६ बजे, आइतबार, फागुन २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्