Kathmandu Press

सर्वोच्चद्वारा ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता

काठमाडौं, फागुन २३ : सर्वोच्च अदालतले ऋषिराम कट्टेल नेतृत्वको नेकपा आधिकारिक हुने फैसला दिएको छ।
सर्वोच्चद्वारा ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता
सर्वाेच्च अदालत । फाइल तस्बिर

काठमाडौं, फागुन २३ : सर्वोच्च अदालतले ऋषिराम कट्टेल नेतृत्वको नेकपा आधिकारिक हुने फैसला दिएको छ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच ३ जेठ ०७५ मा एकता भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएको थियो। त्यसअघि नै आफ्नो दल नेकपा आयोगमा दर्ता भएको उल्लेख गर्दै कट्टेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सर्वोच्चले आइतबार फैसला सुनाउँदै कट्टेलको रिट जारी गरेको हो। त्यससँगै हाल सत्तारुढ नेकपालाई मान्यता दिने आयोगको निर्णय खारेज भएको छ।

सर्वोच्चको फैसलाबमोजिम केपी ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपा खारेज भएको छ।

१० भदौ ०७४ मा कट्टेलको नेकपा आयोगमा दर्ता भएको थियो। सोही वर्ष १० र २१ मंसिरमा भएका प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उक्त पार्टीले घन र कोदालो चुनाव चिह्न पाएको थियो।

राजनीतिक दलसम्बन्धी ऐन दफा ६ (१) (ङ) अनुसार एकै नामको अर्को दल दर्ता गर्न मिल्दैन।त्यसो त, नेकपा नामबाट त्यसअघि पनि दल दर्ता भएको  पाइएको छ । ०७३ को स्थानीय तह निर्वाचनमा पनि उक्त दलले सहभागिता जनाएको थियो।

प्रकाशित मिति: १५:१३ बजे, आइतबार, फागुन २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्