Kathmandu Press

संसद बैठकअघि प्रचण्ड–नेपाल समूहको संसदीय दल बैठक बस्ने

काठमाडौं, फागुन २३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक बोलाएको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने जनाइएको छ।अपरान्ह ४...
संसद बैठकअघि प्रचण्ड–नेपाल समूहको संसदीय दल बैठक बस्ने

काठमाडौं, फागुन २३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक बोलाएको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने जनाइएको छ।

अपरान्ह ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भनी रणनीति तय गर्न बैठक बोलाएको सो समूहका एक सांसदले बताए।

सो समूहको संसदीय दलको शुक्रबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएको अवस्थामा उनीविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता गर्नेबारे छलफल भएको थियो । त्यसबारे निर्णय लिन बैठक बस्न लागेको जनाइएको छ।

पुनःस्थापित संसद्मा निर्णायक देखिएको नेपाली कांग्रेस ‘पर्ख र हेर’ को रणनीति लिएपछि प्रचण्ड–नेपाल समूह अविश्वासको प्रस्तावबारे ठोस निर्णय लिन सकेको छैन।

प्रकाशित मिति: १५:१२ बजे, आइतबार, फागुन २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्