प्रचण्ड-नेपाल समूहले दलको नेता परिवर्तन गरेको सूचना दर्ता गर्न संसद सचिवालयद्वारा अस्वीकार
काठमाडौं, फागुन २३ : संसद सचिवालयले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले संसदीय दलको नेता परिवर्तन गरेको सूचना दर्ता गर्न अस्वीकार गरेको छ।आज (आइतबार)...
काठमाडौं, फागुन २३ : संसद सचिवालयले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले संसदीय दलको नेता परिवर्तन गरेको सूचना दर्ता गर्न अस्वीकार गरेको छ।
आज (आइतबार) सो समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाल आफूपक्षीय सांसदसहित संसदीय दलको नेता परिवर्तन गरेको औपचारिक जानकारी संसद सचिवालयलाई गराएका थिए।
प्रचण्ड-नेपाल समूहले शुक्रबार बहुमत सांसदको उपस्थितिमा संसदीय दलको नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गरेको सूचनामा उल्लेख छ।
प्रकाशित मिति: १४:५२ बजे, आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790853075.png)