Kathmandu Press

तश्नुभा बंगलादेशमा पहिलो तेस्रो लिङ्गी समाचार वाचिका 

काठमाडौं, फागुन २३ : बंगलादेशमा एक निजी च्यानलले तेस्रो लिङ्गी समाचार वाचिका नियुक्त गरेको छ। तश्नुभा अनन शिशिर बंगलादेशको पहिलो तेस्रो लिङ्गी समाचार वाचिका बनेकी...
तश्नुभा बंगलादेशमा पहिलो तेस्रो लिङ्गी समाचार वाचिका 

काठमाडौं, फागुन २३ : बंगलादेशमा एक निजी च्यानलले तेस्रो लिङ्गी समाचार वाचिका नियुक्त गरेको छ। 

तश्नुभा अनन शिशिर बंगलादेशको पहिलो तेस्रो लिङ्गी समाचार वाचिका बनेकी छिन् । उनलाई बोइसाखी टिभीले समाचार वाचिकाका रुपमा नियुक्त गरेको छ । 

तश्नुभाले  मार्च ८ (अन्तर्राष्ट्रिय महिला दिवस) बाट समाचार वाचिकाका रुपमा काम सुरु गर्ने बताइएको छ ।  गत शुक्रबार एक टिभी समाचार च्यानलले यो घोषणा गरेको हो । 

तश्नुभा अनन एक मोडेल र अभिनेता हुन् । उनले सन् २००७ मा रंगमञ्च समुह नटुवाबाट आफ्नो क्यारियर सुरू गरेकी थिइन् ।

बंगलादेश स्वतन्त्र भएको ५० वर्षपुगेको अवसरमा बोइसाखी टिभीले तेस्रो लिङ्गी समाचार वाचिका नियुक्ति गरेको हो । च्यानलले  नियमित प्रसारण गर्दै आएको नाटकको मुख्य पात्रका रूपमा तेस्रो लिङ्गी नुसरत मौलाई नियुक्त गरेको छ । 

प्रकाशित मिति: १४:४४ बजे, आइतबार, फागुन २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्