प्रचण्ड-नेपाल समूहद्वारा दलको नेता परिवर्तनबारे संसद सचिवालयलाई जानकारी
काठमाडौं, फागुन २३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर संसदीय दलको नेता परिवर्तन गरेको जानकारी गराएको छ।शुक्रबार बसेको...
काठमाडौं, फागुन २३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले संसद सचिवालयलाई संसदीय दलको नेता परिवर्तन गरेको जानकारी गराएको छ।
शुक्रबार बसेको संसदीय दलको बैठकले बहुमत सांसदको उपस्थितिमा आफ्नो समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बनाएको औपचारिक जानकारी सचिवालयलाई गराएको हाे ।
उक्त जानकारी दिन आज (आइतबार) नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायत सांसद संसद सचिवालय पुगेका थिए।
त्यसलगत्तै उनीहरू संसद् सचिवालयका महासचिव भरतराज पौडेलसँग भेटघाट गरेका छन्।
संसद सचिवालय जानुअघि उनीहरूले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर नेकपाको संसदीय दलको नेता चयन गरिएको जानकारी दिएका थिए।
प्रकाशित मिति: १४:१५ बजे, आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790853075.png)