विप्लवले भेटे पूर्वसभामुख महरा
काठमाडौं, फागुन २३ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पूर्वसभामुख कृष्णबहादुर महरालाई भेटेका छन्।शुक्रबार सरकारसँग तीनबुँदे सम्झौता गरेर शान्तिपूर्ण राजनीतिमा अवतरण...
काठमाडौं, फागुन २३ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पूर्वसभामुख कृष्णबहादुर महरालाई भेटेका छन्।
शुक्रबार सरकारसँग तीनबुँदे सम्झौता गरेर शान्तिपूर्ण राजनीतिमा अवतरण गरेसँगै विप्लवले भेटघाटलाई तीव्रता दिएका छन्।
साेही क्रममा भेटघाटका लागि विप्लव आइतबार महरा निवास पुगेका हुन्।
प्रतिनिधिसभा बैठक सुरु हुन केही घन्टा मात्र समय बाँकी रहँदा विप्लव र महराबीच भेट भएको हो।
भेटमा आगामी रणनीतिबारे कुराकानी भएको जनाइएको छ। महरा प्रतिनिधिसभा सदस्य भएकाले संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल भएकाे बुझिएको छ ।
विप्लवले सबै राजनीतिक समूह एकै ठाउँमा उभिनुपर्ने र अन्तरिम सरकार गठनका लागि पहलको वातावरण निर्माणका लागि महरालाई आग्रह गरेको स्रोतको भनाइ छ।
प्रकाशित मिति: १३:१९ बजे, आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790853075.png)