कोभ्याक्स सुविधाको खोप काठमाडौं आइपुग्यो
काठमाडौं । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा आइतबार कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज काठमाडौं आइपुगेको छ ।आइतबार बिहान टर्किस एयरलाइन्सको विमान...
काठमाडौं । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा आइतबार कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज काठमाडौं आइपुगेको छ ।
आइतबार बिहान टर्किस एयरलाइन्सको विमान खोप लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।
अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप पनि भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जाकारीअनुसार कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप विश्व स्वास्थ्य संगठनमार्फत् प्राप्त गर्नेछ ।
प्रकाशित मिति: १३:०८ बजे, आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790853075.png)