Kathmandu Press

आजको संसद बैठकमा के होला ? 

सर्वोच्चले १३ दिनभित्र संसद बाेलाउन दिएको आदेश अनुसार सरकारले १२ दिनपछि आज संसद बैठक बोलाएको छ । 
आजको संसद बैठकमा के होला ? 

काठमाडौं, फागुन २३ : सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेको १२ दिनपछि आज अपरान्ह व्यवस्थापिका संसदको बैठक बस्दैछ । 

गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि परेको रिट निवेदनका आधारमा सर्वोच्च अदातलले ६५ दिनपछि फागुन ११ गते सरकारको उक्त निर्णय खारेज गर्दै संसद पुनर्स्थापनाको आदेश गरेको थियो । सर्वोच्चले १३ दिनभित्र संसद बेलाउन दिएको आदेश अनुसार सरकारले १२ दिनपछि आज संसद वैबक बोलाएको छ । 

आइतबार ४ बजे बस्ने पुनःस्थापित प्रतिनिधि सभाको बैठक अघिनै प्रधानमन्त्रीको ओलीले राजिनामा गर्ने अनुमान गरिएपनि उनी संसद फेस गर्ने तयारीमा छ । पहिलो बैठकमा प्रधानमन्त्री सहभागि हुन्छन कि हुदैनन भन्ने पनि चासोका साथ हेरिएको छ । शनिबार बसेको नेकपाको ओली पक्षिय संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीले राजिनामा नगर्ने, विश्वासको मत पनि नलिने र अविश्वासको प्रस्ताव परेर त्यसको सामाना गर्ने निर्णय गरेको थियो। 

प्रधानमन्त्री ओलीले पनुस्र्थापनापछि संसद कसरी फेस गर्छन, त्यो अनुसारको रणनीति बनाउनेमा नेकपाको प्रचण्ड–नेपाल पक्ष देखिएको छ।

प्रकाशित मिति: ११:१९ बजे, आइतबार, फागुन २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्