प्रधानमन्त्रीसहित अर्थ, गृह र परराष्ट्रमन्त्रीले लगाए कोरोनाको खोप
काठमाडौं, फागुन २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाएका छन् ।आईतबार प्रधानमन्त्री ओली र उनकी श्रीमती राधिका शाक्यले....jpg)
काठमाडौं, फागुन २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाएका छन् ।
आइतबार प्रधानमन्त्री ओली र उनकी श्रीमती राधिका शाक्यले त्रिवि शिक्षण अस्पताल पुगेर उक्त खोप लगाएका हुन्।
प्रधानमन्त्री ओलीले खोप लगाएसँगै दोस्रो चरणको खोप अभियानको पनि औपचारिक सुरुवात भएको छ ।
प्रधानमन्त्रीसँगै अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयस त्रिपाठीले पनि खोप लगाएका छन् ।
दोस्रो चरणको यो अभियान अन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्षमाथिकालाई र अन्य जिल्लामा ६५ वर्षमाथिकालाई खोप लगाउने कार्यक्रम छ ।
प्रकाशित मिति: ११:०३ बजे, आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790853075.png)