ला लिगा फुटबलमा बार्सिलोनाको सहज जित
काठमाडौं, फागुन २३ : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ ।शनिबार राति भएको खेलमा उपाधि दाबेदार समेत मानिएको बार्सिलोनाले ओसासुनालाई...
काठमाडौं, फागुन २३ : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा उपाधि दाबेदार समेत मानिएको बार्सिलोनाले ओसासुनालाई २-० गोल अन्तरले पराजित गरेको हो । ओसासुनाको मैदानमा बार्सिलोनालाई जित दिलाउन जोर्डी अल्बा र मोरिबाले एक/एक गोल गरे ।
जितसँगै बार्सिलोना बार्सिलोनाको २६ खेलमा ५६ अंक बनाउँदैं शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको अंक दूरी कम गरेको छ । दोस्रो स्थानको बार्सिलोना एट्लेटिकोभन्दा दुई अंकले तल छ ।
ओसासुना २८ अंकसहित लिगको १३औँ स्थानमा छ ।
प्रकाशित मिति: ०७:२४ बजे, आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











