दोस्रो चरणको खोप अभियान आजबाट शुरू, प्रधानमन्त्री ओलीले पनि खोप लगाउँदै
काठमाडौं, फागुन २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप ‘कोभि शिल्ड’ लगाउने भएका छन् । प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण...
काठमाडौं, फागुन २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप ‘कोभि शिल्ड’ लगाउने भएका छन् । प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे खोप लगाउने कार्यक्रम रहेको छ ।
सरकारले आजै दोस्रो चरणको खोप शुरू गर्दैछ । अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन गर्दैछ । उक्त अवसरमा करीब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको बताइएको छ ।
यसैबीच आजै कोभ्याक्स संयन्त्रबाट ३ लाख ४८ हजार खोप आज नेपाल ल्याइँदै छ । स्वास्थ्य मन्त्रालयका अनुसार खोप बिहान सवा ११ बजे नेपाल आइपुग्नेछ । कोभ्याक्स फ्यासिलिटी अन्तर्गत नेपालले निस्शुल्क रुपमा उक्त खोप पाएको हो।
कोभ्याक्सले नेपालको खोप लगाउने जनसंख्या मध्ये २० प्रतिशतलाई पुग्ने गरी एक करोड ३० लाख डोज खोप उपलब्ध गराउने छ। सरकारले आजै दोस्रो चरणको खोप अभियान शुरू गर्दैछ ।
यो चरणमा १५ हिमाली जिल्लाका ५५ वर्षभन्दा माथि र बाँकी अन्य जिल्लाका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लगाइने बताए । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसले आक्रमण नगर्ने भएकाले सबैलाई खोप लगाउन आग्रह गरे ।
यसअघि पहिलो चरणको खोप अभियानअन्तर्गत चार लाख २९ हजारले खोप लगाएका थिए । पहिलो चरण गत माघ १४ देखि फागुन १० गतेसम्म सञ्चालन भएको थियो ।











-1790853075.png)