दार्चुला जिप दुर्घटनामा तीनको मृत्यु, चार घाइते
दार्चुला, फागुन २२ : दार्चुलाको लेकम गाउँपालिका ६ स्थित उचाकोटमा शनिबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते...
दार्चुला, फागुन २२ : दार्चुलाको लेकम गाउँपालिका ६ स्थित उचाकोटमा शनिबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा शैलेशिखर नगरपालिका ८ का गाडी धनी पदमराज पन्त, उनकी आमा सुनादेवी पन्त र लेकम गाउँपालिका ६ का गाडी चालक करन नाथको मृत्यु भएको छ। सुना र करनको घटनास्थलमै र पदमराजको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा चार जना घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ।
गोकुलेश्वरबाट रिठाचौपाताका लागि छुटेको ग ३ च १६९३ नम्बरको जिप दुर्घटनामा परेको हो।
प्रकाशित मिति: २०:०८ बजे, शनिबार, फागुन २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790853075.png)