Kathmandu Press

शिवरात्रिमा मेलम्चीको सफा पानीले वागमतीमा नुहाउन पाइनेछः प्रधानमन्त्री

काठमाडौं, फागुन २२ ः प्रधानमन्त्री केपी ओलीले मेलम्चीको पानी काठमाडौंवासीका धारामा झर्ने ग्यारेन्टी भएको बताएका छन् । २७ फागुनमा शिवरात्रिका दिन वागमतीको सफा पानीले नुहाउन पाइने आशा उनले व्यक्त गरे ।
शिवरात्रिमा मेलम्चीको सफा पानीले वागमतीमा नुहाउन पाइनेछः प्रधानमन्त्री

काठमाडौं, फागुन २२ : प्रधानमन्त्री केपी ओलीले मेलम्चीको पानी काठमाडौंवासीका धारामा झर्ने ग्यारेन्टी भएको बताएका छन् । २७ फागुनमा शिवरात्रिका दिन वागमतीको सफा पानीले नुहाउन पाइने आशा उनले व्यक्त गरे ।

मेलम्चीको पानी सुन्दरीजलमा खसाउने कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले राजनीतिक व्यंग्य कस्न भ्याए, ‘लड्डु जतिबेला पायो, त्यतिबेला खाने होइन, यस्तो बेलामा खानुपर्छ ।’

प्रदेश-१ तिर बग्ने र कोशीमा मिल्ने पानी बागमती प्रदेशमा पुर्‍याउन लागिएको उनले बताए । ‘मेलम्चीको पानीको कुरा चल्दा मेरो कपाल कालै थियो, काम सम्पन्न हुँदा कपालमा कालो बाँकी छैन,’ उनले भने, ‘ठूलो र मुख्य काम यसै सरकारको पालामा सम्पन्न गरेका छौँ ।’

२३ दिनयता त्यसअघि आफूलाई काम गर्न नदिइएको प्रमाणित भएको उनले बताए । ‘२३ दिनयता हामी दिनैपिच्छे ठूला आयोजना शिलान्यास र उद्घाटन गरेका छौँ,’ ओलीले भने, ‘केही दिनभित्रै मेलम्चीको पानी काठमाडौंवासीका धारामा खस्दैछ । दोस्रो फेजमा याङ्री र लार्केबाट पानी ल्याउँदैछौँ, काठमाडौंमा पुग्ने गरी पानी वितरण गर्नेछौँ ।’
 

प्रकाशित मिति: १८:२२ बजे, शनिबार, फागुन २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्