‘अनुभव र शिक्षाले सिनेमामा निखारता ल्याउँछ’
जनकपुरधाम, फागुन २२ : नेपाली सिने जगतका चर्चित अभिनेता राजेश हमालले सिनेमा निर्माणका सन्दर्भमा शिक्षा र अनुभवकाे महत्वपूर्ण स्थान रहेकाे धारणा व्यक्त गरेका छन्।जनकपुर...
जनकपुरधाम, फागुन २२ : नेपाली सिने जगतका चर्चित अभिनेता राजेश हमालले सिनेमा निर्माणका सन्दर्भमा शिक्षा र अनुभवकाे महत्वपूर्ण स्थान रहेकाे धारणा व्यक्त गरेका छन्।
जनकपुर साहित्य महोत्सवमा सहभागी हुन शनिबार जनकपुरधाम आइपुगेका उनले सिनेमाको रंग सत्रमा बाेल्दै शिक्षा मानिसलाई आवश्यक पर्ने चिज भए पनि शिक्षाले यही नै गर्नुपर्छ भनेर चाहिँ नऔंल्याएको स्पष्ट पारे।
‘शिक्षा हुँदैमा यही गर्नुपर्छ भन्ने छैन,’ उनले भने, ‘किसान पनि बन्न सकिन्छ, कलाकार पनि।’
शिक्षा र अनुभवले पेसामा निखारताचाहिँ ल्याउने उनको भनाइ थियो । सिनेमा सिर्जनात्मक पेसा भएको र यसमा अनुभवसँगै शिक्षाको पनि आवश्यकता उनले औंल्याए।
अहिलेको अवस्थामा प्राविधिक ज्ञानको अझै धेरै जरुरत रहेको उनको भनाइ थियो।
अभिनयका लागि शिक्षाको एकदमै खाँचो हुने भए पनि आफूले कलाकारिताको शिक्षा भने हासिल गर्न नपाएको गुनासो उनले गरे।
कलाकारिताको अनुभव भने हासिल गरेको सुनाउँदै उनले हरेक पेसामा माया र घृणा दुवै पाइने बताए। तर पनि बानी परिसकेको पेसा छाडेर आफू अर्कोमा जान भने नसकिने उनले बताए ।
प्रविधिको द्रुत विकासले भविष्यमा कलाकार नै नचाहिने अवस्था आउन सक्ने आँकलन गरे।
कम्प्युटरका माध्यमले दर्शकको रुचिअनुसारका महिला र पुरुष, तिनका नाकनक्सा, जिउडाल बनाउन सकिने स्थिति आउने हुनाले भौतिक रूपमा कलाकार आवश्यक नपर्न सक्ने उनले बताए ।











-1790853075.png)