संसदीय दलमा आफ्नो बहुमत रहेको प्रधानमन्त्री ओलीको दाबी
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भएर सरकारको बचाउमा सशक्त रूपमा प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिएका छन्। संसदीय दलमा आफ्नो बहुमत रहेको दाबी पनि उनले गरेका छन्।
काठमाडौं, फागुन २२ : प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा अविश्वास प्रस्ताव सामना गर्ने बताएका छन्।
पुनस्थापित प्रतिनिधिसभाको अधिवेशन सुरु हुने अघिल्लो दिन शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको आफ्नो समूहको संसदीय दल बैठकमा उनले विधि र पद्धतिअनुसार आउने प्रस्ताव सामना गर्ने बताएका हुन्।
आफूले विश्वासको मत नलिने रणनीति लिएको उनले स्पष्ट गरे। बैठकमा बहुमत सांसद उपस्थित रहेको ओली समूहको दाबी छ। प्रतिनिधिसभाका ९१ र राष्ट्रियसभाका गरी एक सय १५ जना सांसद उपस्थित रहेको उक्त समूहको दाबी छ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भएर सरकारको बचाउमा सशक्त रूपमा प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिएका छन्। संसदीय दलमा आफ्नो बहुमत रहेको दाबी पनि उनले गरेका छन्।
नेकपा प्रचण्ड-नेपाल समूहको संसदीय दल बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभा गरी एक सय पाँच सांसद उपस्थित भएको दाबी उक्त समूहले गरेको थियो।

-1790853075.png)