Kathmandu Press

ओलीलाई राजनीतिक नैतिकता देखाउन नेपालकाे आग्रह

काठमाडौं, फागुन २२ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक नैतिकता देखाउन आग्रह गरेका छन्।पार्टी...
ओलीलाई राजनीतिक नैतिकता देखाउन नेपालकाे आग्रह

काठमाडौं, फागुन २२ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक नैतिकता देखाउन आग्रह गरेका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले आफूहरूले अन्तिम मौका दिएकाले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्नेमा जाेड दिएका हुन्।

‘राजीनामा दिएर नैतिकताको सानो अंश भए पनि देखाउनुहोस्,’ नेपालले भने, ‘होइन भने इतिहासमा तपाई सधैंभरि कलंकित मात्र बन्नुहुनेछ ।’ उनले ओली फुर्ती देखाउने दिन गएको पनि बताए।

नेकपा आधिकारिकता विवादबारे बोल्दै उनले पार्टीको नाम र चुनाव चिन्हका लागि संघर्ष चलिरहेको बताए। नेकपा नाम र चुनाव चिह्न सूर्यमाथि कसैले पनि कर्के नजर लगाउन नमिल्ने उनको भनाइ थियो।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ राजनीतिको मूल प्रवाहमा आएको तर कम्युनिस्ट आन्दोलनको मूल प्रवाहमा भने आउन बाँकी नै रहेको टिप्पणी गर्दै नेपालले उक्त मूल प्रवाहमा विप्लवलाई स्वागत गर्ने दिन पर्खिरहेको बताए। 

प्रकाशित मिति: १७:०५ बजे, शनिबार, फागुन २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्