Kathmandu Press

काठमाडौं मेयर्स कप : स्पिनर चम्किएपछि पुलिसले रक्षा गर्‍यो ७३ रनको लक्ष्य 

काठमाडौं, फागुन २२ : स्पिनरहरु चम्किएपछि विभागीय टिम पुलिस क्लबले ७३ रनको झिनो लक्ष्य पनि रक्षा गरेको छ। आजबाट सुरु भएको काठमाडौं मेयर्स कप...
काठमाडौं मेयर्स कप : स्पिनर चम्किएपछि पुलिसले रक्षा गर्‍यो ७३ रनको लक्ष्य 

काठमाडौं, फागुन २२ : स्पिनरहरु चम्किएपछि विभागीय टिम पुलिस क्लबले ७३ रनको झिनो लक्ष्य पनि रक्षा गरेको छ। आजबाट सुरु भएको काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगतामा स्पिनरको उत्कृष्ट प्रदर्शन मद्दतमा पुलिसले बागमित प्रदेशविरुद्ध ७३ रनको लक्ष्य रक्षा गरेको हो।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा दुवै टिमले खराब ब्याटिङ गरेका थिए । स्पिनरहरु दीपेन्द्रसिंह ऐरी, ललितनरायण राजवंशी र सागर ढलकाले उत्कृष्ट प्रदर्शन गरेपछि रोमाञ्चक खेलमा पुलिसले बागमतिमाथि २ रनको जित निकाल्यो।
 
७३ रनको झिनो लक्ष्य पछ्याएको बागमति २७.२ ओभरमा ७० रनमै अलआउट भयो। बागमतिका कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक २२ रन बनाए भने अदिल खानले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। 

बागमतिको इनिङ ध्वस्त बनाउने क्रममा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४ विकेट लिए। उनले उनले ८ ओभरमा २ मेडनसहित २४ रन खर्चिए । यस्तै, ललितले ८ ओभरमा २ मेडनसहित २२ रन खर्चेर ३ विकेट लिँदा सागरले ८ ओभरमा १ मेडनसहित १३ रन मात्र खर्चिएर २ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले २५।२ ओभरमा अलआउट हुँदै ७२ रन बनाएको थियो । उसका लागि कप्तान मञ्जित श्रेष्ठले सर्वाधिक १५ रन बनाए भने सुनिल धमला, अनिल साह र दिलिप नाथले समान १० रन बनाए । अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् ।

बागमतिका अरियो पौडेलेले ४ ओरभरमा १ मेडन राख्दै ७ रन मात्र खर्चेर ४ विकेट लिए भने नन्दनले ६।२ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए।

प्रकाशित मिति: १६:०५ बजे, शनिबार, फागुन २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्