Kathmandu Press

ओलीलाई भेट्न नख्खु पुगे विप्लव

काठमाडौं, फागुन २२ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरु नख्खु कारगार पुगेका छन् ।खड्गबहादुर विश्वकर्मा र उदयबहादुर चलाउनेसहित महासचिव विप्लव हेमन्तप्रकाश...
ओलीलाई भेट्न नख्खु पुगे विप्लव

काठमाडौं, फागुन २२ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरु नख्खु कारगार पुगेका छन् ।

खड्गबहादुर विश्वकर्मा र उदयबहादुर चलाउनेसहित महासचिव विप्लव हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई भेट्न शनिबर नख्खु कारागार पुगेका हुन्।

सरकार र विप्लव समूहबीचको सहमतिपछि विप्लव शुक्रबार मात्र सार्वजनिक भएका थिए । बिहान ११ बजे नख्खु कारागार पुगेका विप्लवसहितका नेताले ओलीसँग आधा घण्टा भेट गरेका थिए । 
 
ओली संगठित अपराध, बम विस्फोट, राज्यविरूद्धको अपराध मुद्दामा कारागार चलान भएका थिए।


 

प्रकाशित मिति: १५:०० बजे, शनिबार, फागुन २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्