Kathmandu Press

भारतमा एकैदिन थपिए १८ हजार नयाँ कोरोना संक्रमित, १०८ को मृत्यु

नयाँ दिल्ली, फागुन २२ : भारतमा थप १८ हजार ३२७ जना कोरोनाभाइरसका सङ्क्रमित थपिएका छन्। त्यसैगरी पछिल्लो २४ घण्टामा अरु १०८ जनाको मृत्यु पनि...
भारतमा एकैदिन थपिए १८ हजार नयाँ कोरोना संक्रमित, १०८ को मृत्यु

नयाँ दिल्ली, फागुन २२ : भारतमा थप १८ हजार ३२७ जना कोरोनाभाइरसका सङ्क्रमित थपिएका छन्। त्यसैगरी पछिल्लो २४ घण्टामा अरु १०८ जनाको मृत्यु पनि भएको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।

योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या एक करोड ११ लाख ९२ हजार ८८ पुगेको अधिकारीहरुले जनाएका छन् ।कुल सङ्क्रमित मध्ये एक लाख ८० हजार ३०४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । 

भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म एक लाख ५७ हजार ६५६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। सरकारी अधिकारीहरुका अनुसार यही मार्च ५ तारिखका दिनसम्म २२ करोड ६ लाख ९२ हजार ६७७ जनाको कोरोना परिक्षण गरिएको छ । ती मध्ये सात लाख ५१ हजार ९३५ जनाको परिक्षण शुक्रबार मात्रै गरिएको भारतीय मेडिकल रिसर्च काउन्सीलले जनाएको छ । 

भारतमा देशभरी अहिलेसम्म एक करोड ९४ लाख ९७ हजार ७०४ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । 
 

प्रकाशित मिति: १४:३५ बजे, शनिबार, फागुन २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्