Kathmandu Press

राष्ट्रपतिद्वारा मुस्कानलाई बधाई

राष्ट्रपतिद्वारा मुस्कानलाई बधाई

काठमाडौं, फागुन २२ : राष्ट्रपति विद्यादेवी भण्डारीले एसिड आक्रमणमा परेकी वीरगञ्जकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड जितेपछि बधाइ दिएकी छन् । 

मुस्कानलाई तेजाब आक्रमणविरुद्ध कडा कानून र सजायका लागि साहसिक अभियान सञ्चालन गरेवापत प्रतिष्ठित ‘अन्तरराष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएपछि राष्ट्रपति भण्डारीले बधाइ दिएकी हुन् । 

राष्ट्रपति भण्डारीले ट्वीट गरी खातुनले तेजाब आक्रमणको असह्य पीडालाई शक्तिमा बदलेकामा प्रशंसा गर्दै सो पुरस्कार दिलाउने अमेरिकी सरकारलाई पनि धन्यवाद   दिएकी छन् । 

प्रकाशित मिति: १२:४४ बजे, शनिबार, फागुन २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्