Kathmandu Press

बाँस्तोला हत्याका फरार दुई अभियुक्त पक्राउ

मोरङ, फागुन २२ : मोरङको उर्लाबारी नगरपालिका-५ का ३२ वर्षीय प्रवीण बाँस्तोलाको हत्याका दुई फरार अभियुक्त शुक्रबार साँझ भैरहवाबाट पक्राउ परेका छन्।पक्राउ पर्नेहरू एकजना...
बाँस्तोला हत्याका फरार दुई अभियुक्त पक्राउ

मोरङ, फागुन २२ : मोरङको उर्लाबारी नगरपालिका-५ का ३२ वर्षीय प्रवीण बाँस्तोलाको हत्याका दुई फरार अभियुक्त शुक्रबार साँझ भैरहवाबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेहरू एकजना उर्लाबारी नगरपालिकाकै वडा ६ का ३२ वर्षीय राजेश रणपहेली हुन् भने अर्का एक जना झापाको गौरादह नगरपलिका-९ का ३१ वर्षीय दीपेश पौडेल हुन्।

बाँस्तोला हत्या प्रकरणमा मुद्दा दायर गरिएका ६ जनामध्ये चारजना यसअघि नै पक्राउ परिसकेका छन्।

तिनीहरूमा एक जना उर्लाबारी-९ का होटल व्यवसायी ३४ वर्षीय कुमार राई र अन्य तीनजना प्रवीणकै साथीहरु मोरङ रतुवामाई नगरपालिका-१० का २९ वर्षीय मेहरमान दर्जी, सुदीप परियार र रमेश गिरी छन्। 

प्रहरी निरीक्षक परिवर्तन

यसैबीच जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रबार इलाका प्रहरी कार्यालय उर्लाबारीका तत्कालीन प्रहरी निरीक्षक उद्धव पोखरेललाई फिर्ता बोलाएर उनको ठाउँमा कुन्दन देवलाई पठाएको जनाइउको छ।

बाँस्तोला हत्या अनुसन्धान मिसिलमा ‘फरक व्यक्तिको फोटो’ राखेको भन्दै पोखरेलको चर्को विरोध हुँदै आएको थियो।

उक्त त्रुटिबारे यथार्थता त्तिा लगाउन प्रहरी नायब उपरीक्षक मानवबहादुर राईको संयोजकत्वमा छानबिन समिति नै बनाइउको थियो । सो समितिले मिसिलमा मानवीय त्रुटिले फरक व्यक्तिको फोटो पर्न गएको निष्कर्ष निकालेको थियो।

प्रकाशित मिति: १२:३२ बजे, शनिबार, फागुन २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्