Kathmandu Press

प्रधानमन्त्री हुने कुनै चाहना छैन : सभापति देउवा

काठमाडौं, फागुन २२ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री हुने कुनै चाहना नरहेको बताएका छन् । शनिबार बूढानीलकण्ठस्थित आफ्नै निवासमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह...
प्रधानमन्त्री हुने कुनै चाहना छैन : सभापति देउवा

काठमाडौं, फागुन २२ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री हुने कुनै चाहना नरहेको बताएका छन् । 

शनिबार बूढानीलकण्ठस्थित आफ्नै निवासमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ पुस्तकको विमोचन गर्दै सभापति देउवाले आफूलाई प्रधानमन्त्री हुने चाहना नभएको बताएका हुन्।
 
‘म प्रधानमन्त्रीको रेसमा छैन । प्रतिपक्षी सरकारमा जानुहुन्न भन्नेहरु पनि छ,’ उनले भने, ‘प्रतिपक्षी गभर्मेन्ट इन वेटिङ हो । तर पनि मलाई प्रधानमन्त्री हुने चाहना छैन ।’

देउवाले नेकपाभित्रको आन्तरिक किचलोमा आफू फस्न नचाहेको पनि बताए । नेकपा विवाद उनीहरुको आन्तरिक कुरा भएकाले कांग्रेस त्यसको पक्ष विपक्षमा नउभिने देउवाले बताए । 


 

प्रकाशित मिति: १२:०३ बजे, शनिबार, फागुन २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्