Kathmandu Press

 एम्बुलेन्सले ठक्कर दिँदा एकको मृत्यु 

सुनसरी, फागुन २२ : एम्बुलेन्सले ठक्कर दिँदा एक वृद्धाको  मृत्यु भएको छ। बाटो काट्दै गरेकी सुनसरी दुहबी नगरपालिका–८ की ६५ वर्षीया जगवती चौधरीको एम्बुलेन्सको ठक्करबाट...
 एम्बुलेन्सले ठक्कर दिँदा एकको मृत्यु 

सुनसरी, फागुन २२ : एम्बुलेन्सले ठक्कर दिँदा एक वृद्धाको  मृत्यु भएको छ।

 बाटो काट्दै गरेकी सुनसरी दुहबी नगरपालिका–८ की ६५ वर्षीया जगवती चौधरीको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।  

मंगलबार साँझ सोनापुर चोकस्थित कोसी राजमार्गमा प्रदेश १–०२–००२च३८४८ नम्बरको एम्बुलेन्सले चौधरीलाई ठक्कर दिएको थियो।

इलाका प्रहरी कार्यालय दुहबीका अनुसार गम्भीर घाइते भएकी उनको  नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  
 

प्रकाशित मिति: १०:३७ बजे, शनिबार, फागुन २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्