दोस्रो टि–२०मा श्रीलंकाले वेस्टइन्डिजलाई हरायो
काठमाडौं, फागुन २२ : हसरंगा डि सिल्भा बलिङमा र दनुस्का गुनथिलकाले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपछि घरेलु टिम वेस्टइन्डिजविरुद्धको दोस्रो टी–२०मा श्रीलंका विजयी भएको...
काठमाडौं, फागुन २२ : हसरंगा डि सिल्भा बलिङमा र दनुस्का गुनथिलकाले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपछि घरेलु टिम वेस्टइन्डिजविरुद्धको दोस्रो टी–२०मा श्रीलंका विजयी भएको छ। शनिबार कुलिड्जमा भएको खेलमा श्रीलंकाले वेस्टइन्डिजमाथि ४३ रनको जित निकाल्यो।
श्रीलंकाले दिएको १६१ रनको लक्ष्यस पछ्याएको वेस्टइन्डिज खराब ब्याटिङ गर्दै १८.४ ओभरमा ११७ रनमै अलआउट भयो । उसका लागि ओवेड म्याकोइ सर्वाधिक २३ रन बनाए भने लिन्डेल सिमोन्सले २१, क्रिस गेलले १६ रन मात्र बनाउन सके।
वेस्टइन्डिजलाई सस्तैमा समेट्ने क्रममा डि सिल्भा, लक्शन सन्डकनले समान ३ विकेट लिए । सिल्भाले ४ ओभरमा १७ रन खर्चिए भने सन्डकनले ३.४ ओभरमा १० रन मात्र खर्चिए । यस्तै, दुश्मान्था चामीराले २ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १६० रन बनायो । उसका लागि दनुस्का गुनाथिलकाले ५६ रनको अर्धशतकीय इनिङ्स खेले भने पाथुम निशन्काले ३७ रन बनाए भने अशेन बन्दराले २१ रनको योगदान दिए । गुनथिलाकाले ४२ बल खेल्दै ४ चौका २ छक्का प्रहार गरे। वेस्टइन्डिजका ड्वाने ब्राभोले २ विकेट लिए ।
योसँगै तीन खेलको टि–२० सिरिजन १–१को बराबरीमा आएको छ । पहिलो खेलमा वेस्टइन्डिजले ४ विकेटले विजयी भएकाे थियाे। अन्तिम तथा निर्णायक टि–२० मार्च ८मा हुनेछ ।











