भ्याक्सिन पासपोर्ट : कोभिडमाथि राजनीति
खोप पासपोर्ट- यो बहसको विषय हो। सरकारद्वारा जारी गरिएका कार्ड वा स्मार्टफोन ब्याजले बाहकले कोरोना भाइरसविरुद्ध खोप लगाएको संकेत दिन्छन्।कोरोना भाइरसको प्रतिक्रियाको अर्को प्रमुख बुँदाले बेलायतमा निरंकुशता र भेदभाव, डेनमार्कमा विरोध प्रदर्शन, अमेरिकामा डिजिटल विद्रोह र युरोपियन युनियनभित्र भूराजनीतिक झगडालाई उक्साएको छ।
खोप पासपोर्ट- यो बहसको विषय हो। सरकारद्वारा जारी गरिएका कार्ड वा स्मार्टफोन ब्याजले बाहकले कोरोना भाइरसविरुद्ध खोप लगाएको संकेत दिन्छन्। यसरी ब्याज वितरण गर्नुको मुख्य उद्देश्य परिवारहरूलाई पुनर्मिलन गर्न, अर्थव्यवस्थालाई पुनः सञ्चालनमा ल्याउन र खोप लगाएका लाखौँ मानिसले भाइरस नफैलाई आफ्ना सामान्य दिनचर्यामा फर्किन सक्छन् भन्ने हो। ब्याज बाहकलाई त्यो कागजातले अन्तर्राष्ट्रिय भ्रमण गर्ने अनुमति पनि दिनसक्छ। खोप लगाएकालाई जिम, कन्सर्ट स्थल र रेस्टुराँमा प्रवेश अनुमति दिइन्छ।
यद्यपि, धेरैजसो स्थानमा यी राहदानी काल्पनिक नै छन्। इजरायलले आफ्नो उच्च खोप दरलाई कदर गर्दै गत साता आफ्नो पहिलो राहदानी वितरण गर्यो। धेरै युरोपेली मुलुक भने ती योजना लागू गर्ने कि नगर्ने भन्ने द्विविधामै छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले संघीय एजेन्सीहरूलाई यो विकल्पको विषयमा खोज अनुसन्धान गर्न आग्रह गरेका छन्। केही एयरलाइन्स र पर्यटन निर्भर उद्योगहरू र गन्तव्यलाई विकल्प अत्यावश्यक भइसकेको छ।
विश्वलाई खोप लगाएको र नलगाएको वर्गबीच विभाजन गर्दा डरलाग्दो राजनीतिक र नैतिक प्रश्न खडा हुन सक्छ। धनी मुलुक र त्यहाँ बसोबास गर्ने जातीय समूहहरूलाई खोप एक विशेषाधिकारका रूपमा दिइन्छ। खोप लगाएकाका लागि विशेष अधिकार प्रदान गर्दा खोप नलगाएकाहरूका लागि कडा प्रतिबन्ध कायम छ। यसबाट खतरनाक सामाजिक अन्तर निम्त्यिाउने जोखिम छ।
यसअघि नै कोरोना प्रसारको उच्च जोखिम रहेको धेरै समुदायमा खोपप्रति अविश्वास पनि उच्च छ। अनिवार्य खोप लगाउने सरकारी आदेशले कोभिड राष्ट्रवादलाई झनै चर्काउने छ। र, आपसमा झगडाको भावनालाई बढाउँछ।
‘इम्युनिटी पासपोर्टले सामान्य सामाजिक र आर्थिक जीवनमा फर्कने बाटो दिन्छ,’ निकोल हसुन र एन्डर्स हर्लिजले सार्वजनिक स्वास्थ्यको आचारसंहितमाथि अध्ययनपछि ‘साइन्टिफिक अमेरिकन’मा लेखेका छन्। तर, जाति, वर्ग र राष्ट्रियताका आधारमा खोप असमान रूपमा वितरण गरिएकाले उनीहरूको आचारसंहिता के हो भन्ने स्पष्ट छैन।
अझै, त्यहाँ केही स्पष्ट सकारात्मक पक्ष छन्। जस्तै- सहरबाहिर बस्ने नातिनातिनाहरूसँग हजुरबा-हजुरआमाको पुनर्मिलन, खेल, कन्सर्ट र अन्य कार्यक्रम आंशिक तर सुरक्षित रूपमा खुले। अन्तर्राष्ट्रिय यात्रा र केही पर्यटन क्षेत्र फेरि सञ्चालनमा आए। आफ्ना कामदारको स्वास्थ्यलाई ध्यानमा राखेर व्यवसायहरू फेरि खोलिए।
बढ्दै सामाजिक विभाजनको दायरा
केही मुलुकलाई खोप लगाएको प्रमाण चाहिन्छ। ती मुलुकमा प्रवेश गर्न खोप लगाएको प्रमाण अनिवार्य छ। यस्तै, धेरै अमेरिकी राज्यका स्कुल र डे-केयरलाई पनि खोप लगाएको प्रमाण आवश्यक छ।
तर, समाजमाथि व्यापक प्रतिबन्धको थोरै उदाहरण छ। र, कागजी प्रक्रिया पुगेका मानिसका लागि सेवाहरू सीमित गरेर सरकारहरूले प्रभावकारी रूपमा यसको प्रयोगका लागि खोप आदेश दिन सक्छन्।
विशेष सुविधा, परिभाषा र उच्च जनसंख्याका आधारमा खोप प्रदान गरिन्छ। पश्चिमा मुलुकमा त्यसरी खोप पाउनेहरू अधिकांश गोरो अनुहारका र समृद्ध वर्गका बढी परेका छन्। यसले असहज दृष्य देखाएको छ। अन्य समूदाय र वर्गका मानिसलाई असमानतापूर्वक सार्वजनिक स्थलमा प्रवेश निषेध गरिन्छ। कार्यस्थलमा खोपको प्रमाण चाहिने भए रोजगारीलाई आधार बनाइनुपर्थ्यो।
‘यदि खोपलाई विभिन्न काम गर्न पासपोर्ट बनाइने हो भने हामी कोभिडले पहिले नै नराम्रोसँग पछाडि छाडेको समुदायलाई पहिले देख्नुपर्छ,’ वासिङ्टन विश्वविद्यालयका सार्वजनिक स्वास्थ्य विशेषज्ञ निकोल ए एर्रेटले भने।
‘तपाईंले सजिलैसँग भेदभाव, पक्षपात र कलंक सिर्जना भएको देख्न सक्नुहुन्छ,’ हनिमा बेगम भन्छिन्। उनले ब्रिटिस रेसिएल इक्विटी संस्था रन्नीमेड ट्रस्ट सञ्चालन गर्दै आएकी छन्।
कोरोना भाइरस प्रसार रोक्न लकडाउनका कडाइका साथ पालना गरिएको, अल्पसंख्यक युवालाई कहीँ जानमा कडा रोक लगाइएको र खानतलासी गरिएको उनी बताउँछिन्। भन्छिन्, ‘त्यसकारण तपाईंले भ्याक्सिन पार्सपोर्ट नबोकेका कारण कोही पक्राउ पर्ने र प्रवेशमा निषेध गरिएको अवस्था अहिले देख्न सकिन्छ, जुन पटक्कै राम्रो होइन।’ यसबाट सार्वजनिक विश्वासलाई जोखिममा पार्ने उनी बताउँछिन्। भन्छिन्, ‘असमानतालाई सम्बोधन गर्नु नै महामारीको समयमा फैलिएको जातीय र वर्ग असमानतालाई बन्द गर्नु हो।’
खोपको भूराजनीति
अधिकतर अन्तर्राष्ट्रिय यात्रामा पनि राष्ट्रहरू बीच असमानता देखिन्छ। स्वीकृत कोरोना भाइरस खोपहरू केही अपवादबाहेक सामान्यतया त्यसलाई किन्न वा उत्पादन गर्न सक्ने धनी राष्ट्रमा वितरित भएका छन्। संसारका सबैभन्दा गरीब देशका मानिस दुई वा तीन वर्ष देशबाहिर गएका हुनसक्छन्। त्यस्ता मुलुकका बासिन्दाले अन्तर्राष्ट्रिय यात्रा गर्ने सम्भावना कमै हुन्छ।
ती मुलुकमा पनि करोडौँ मानिस छन्, जो बाध्यताको कारण यात्रा गर्नुपर्ने हुन्छ तर खोप लगाउने कुनै पहुँच छैन। ‘यदि हामीले उच्च आय भएका देशका मानिसलाई मात्र संसारमा यात्राका लागि खुला गर्छौँ भने हामी धेरै असमानता सिर्जना गरिरहेका छौँ,’ डा. एर्रेटले भने, ‘हामी मानिसलाई स्रोतहरूबाट बञ्चित गराउँछौँ। तिनै मानिसले हो, अर्थतन्त्र र समुदायहरूलाई समृद्ध बनाउने।’
अझ पर्यटनमा निर्भर केही गरिब राष्ट्रले यो अवधारणालाई अँगालेका छन्। थाइल्यान्डका अधिकारीहरूले आगामी गर्मीयाममा खोप पासपोर्ट स्वीकार्ने नीति लागू गर्ने सम्भावना छ।
केही विज्ञहरूले सरकारहरूलाई यात्रा सुरु गर्नुअघि राहदानीमा समेल हुन सक्ने अन्तर्राष्ट्रिय मापदण्डहरू पर्खिन आग्रह गरिरहेका छन्। किनकि, असमान मापदण्डले असुरक्षित अभ्यासहरू वा भूराजनीतिक खेललाई निम्त्याउँछ। ‘सुरुदेखि नै देशहरूलाई उनीहरूको सिमानाभित्रका मानिसका लागि के उत्तम हुन्छ भन्दा पनि विश्वको लागि के उत्तम गर्न सकिन्छ भन्ने कुराले चुनौती दिएको छ,’ डा. एर्रेटले भने।
युरोपियन युनियनभित्र पनि चाल चलेको देख्न सकिन्छ। युरोपियन युनियनमा आबद्ध २७ देशले लामो सीमाना सेयर गरेका छन्, तर एकदम भिन्न खोप दर निर्धारण गरेका छन्। स्पेन र ग्रिसजस्ता दक्षिणी युरोपेली मुलुकहरू पर्यटनमा निर्भर छन्। जर्मनी र फ्रान्सेली अधिकारीले कम्तीमा अहिलेका लागि आरक्षण भनिरहेका छन्। यी देशमा खोपदर कम छ, जसको अर्थ यो हो यात्रा प्रतिबन्धले उनीहरूका बासिन्दालाई एक सापेक्ष नोक्सानीमा पुर्याउँछ।
जनादेशमाथिको संघर्ष
बेलायतका विदेशमन्त्रीले हालै पब र पसलहरूमा खोप लगाएको प्रमाण आवश्यक हुने बताएपछि उनकै पार्टीका सांसद मार्क हार्परले ‘मानिसहरू आफ्ना दैनिकीमा फर्कनुअघि तिनीहरूले एक उचित चिकित्सकीय प्रक्रिया पूरा गर्नुपर्छ भन्ने कुरालाई तपाईं आवश्यक ठान्नुहुन्छ भन्ने मलाई लाग्दैन’ भनेका थिए।
क्यालिफोर्नियाको दादुरा र लहरे खोकी प्रकोपपछि स्कुलको आवश्यकतालाई कडा पार्ने कि खोल्न नदिने भनेर राज्यको कम खोपदरले चिन्ताजनक अवस्था ल्याएको थियो। सामाजिक कार्यकर्ताले लामो समयदेखि स्कुल खोपको विरोध गरेका थिए।
‘जब क्यालिफोर्नियाका सांसदहरूले राज्यको विद्यालय खोल्ने कुरालाई बन्द गर्न खोजे, तब खोपविरोधी समूहहरूले उनीहरूको सन्देश अभिभावक अधिकारमा केन्द्रित गराए,’ स्ट्यान्फोर्ड इन्टरनेट अब्जरभेटरी डिसइन्फमेसन एक्सपर्ट रेने डिइरेस्टाले भनिन्, ‘यसले धेरै मानिसलाई आकर्षित गर्यो र यसले विधेयकलाई पक्षपाती बनायो।’
उक्त विधेयक स्वीकृत भयो। अन्य राज्यहरूमा पनि त्यस्तै उपाय अपनाइयो। खोपदरमा वृद्धि भयो र रोकथामयोग्य रोगको दर घट्यो। तर, यो विवादले केही मतदातालाई खोप आदेशविरोधी बनायो र आफैँले खोप लगाए। सन् २०१९ मा एउटा फलोअप विधेयक अझ कडा रूपमा ल्याइयो। यद्यपि, डिइरेस्टाले विधेयकलाई समर्थन गरे पनि उनले चेतावनी दिँदै भनिन्, ‘जनादेशको छायाले सूचित जानकारीका आधारमा कोभिड खोप लिन मानिसहरूमा अपिल गर्ने क्षमता नष्ट पार्छ।’
क्यालिफोर्नियाको उदाहरणले खोपविरोधीहरूले सरकारी आदेशको असुरक्षाको बहाना देखाएर मानिसहरूलाई खोप लगाउनै हुँदैन भनेर खोपविरोधी बनाउन सक्ने संकेत गर्छ। त्यसै पनि अमेरिकामा मास्क र भौतिक दूरीको नियममाथि राजनीतिकरण गरिएको छ।
अल्पसंख्यक समुदायले पूर्ण रूपमा खोपको विरोध गर्छन्। धेरै ठूलो हिस्सा- सर्वेक्षणमा देखाइएअनुसार एक तिहाइ अमेरिकीहरू मुख्यतः रिपब्लिकनहरू पनि खोप लिन हिचकिचाउँछन्। जबकि, हर्ड इम्युनिटी सिर्जना गर्न त्यो एक तिहाइ जनसंख्यामा भर पर्नुपर्छ।
अव्यवस्थित मिसन
एउटा समस्या- खोप पासपोर्ट कार्यक्रमको प्राथमिक उद्देश्यमा कुनै सम्झौता भएको छैन। सरकारहरूले सामान्यतया यसको बारेमा अर्थव्यवस्था खोल्ने तरिकाको रूपमा कुरा गर्छन्। व्यक्ति सामान्य जीवनमा पुनः प्रवेश गर्ने तरिकाको रूपमा कुरा गरिरहेका छन्। सार्वजनिक स्वास्थ्य विशेषज्ञहरूले यसलाई संक्रमण घटाउने एक तरिकाको रूपमा व्याख्या गरिरहेका छन्। ती लक्ष्यहरू पंक्तिबद्ध तर अपूर्ण छन्।
न्युयोर्क टाइम्सबाट