Kathmandu Press

ऋषवकाे शतकमा दोस्रो दिन भारतलाई ८९ रनको अग्रता

काठमाडौं, फागुन २१ : विकेटकिपर ब्याट्सम्यान ऋषव पन्तले घरेलु भूमिमा पहिलो टेस्ट शतक प्रहार गरेपछि चौथो टेस्टको दोस्रो दिन भारतले इंग्ल्यान्डविरुद्ध ८९ रनको...
ऋषवकाे शतकमा दोस्रो दिन भारतलाई ८९ रनको अग्रता
घरेलु भूमिमा पहिलो टेस्ट शतक प्रहार गरेपछि ऋषव पन्त ।

काठमाडौं, फागुन २१ : विकेटकिपर ब्याट्सम्यान ऋषव पन्तले घरेलु भूमिमा पहिलो टेस्ट शतक प्रहार गरेपछि चौथो टेस्टको दोस्रो दिन भारतले इंग्ल्यान्डविरुद्ध ८९ रनको अग्रता बनाएको छ। अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा जारी टेस्टमा दोस्रो दिनको समाप्तिमा भारत ७ विकेटको क्षतिमा २९४ रन बनाएर खेलिरहेका छन्।

२४÷१को अवस्थाबाट दोस्रो दिनको सुरुवात गरेको भारत चेतेश्वर पुराजारा, कप्तान विराट कोहली र अजिन्का रहाने सस्तैमा आउट भएपछि दबाबमा आएको थियो । तर, त्यसपछि ब्याटिङमा आएका ऋषवले सानदार शतक प्रहार गर्दै भारतलााई खेलमा फर्काए । उनले ११८ बलमा १३ चौका र २ छक्का प्रहार गर्दै १०१ रन बनाए।

ऋषवलाई वासिङ्टन सुन्दर र रोहित शर्माले राम्रो सात दिए । सुन्दर ६० रन बनाएर क्रिजमा छन् भने रोहित ४९ रन बनाएर आउट भए। ऋयावले रोहितसँग ४१ र सुन्दरसँग ११३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। इंग्ल्यान्डका जेम्स एन्डरसनले ३ तथा बेन स्टोक्स र ज्याक लिचले समान २ विकेट लिए।

यसअघि पहिलो इनिङमा इंग्ल्यान्ड २०५ रनमै अलआउट भएको थियो । उसका लागि अलराउन्डर बेन स्टोक्सले ५५ रन बनाउँदा डम लउरेन्सले ४६ रन बनाए । यस्तै, ओलिइ पोपले २९ र जोनी बेइस्टोले २८ रनको योगदान दिए। इंग्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा भारतका अक्षर पटेलले २६ ओभरमा ६८ रन खर्चेर ४ विकेट लिए भने आश्विनले १९.५ ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए। यस्तै, मोहम्मद सिराजले २ तथा वासिङ्टन सुन्दरले १ विकेट लिए।

चार टेस्टको सिरिजमा भारत २–१ले अघि छ। पहिलो टेस्टमा इंग्ल्यान्ड २२७ रनले विजयी भएको थियो भने त्यसपछिका दुवै टेस्ट भारतले जितेको थियो । चेन्नईमै भएको दोस्रो टेस्टम भारत ३१७ रनले विजयी भएको थियो भने अहमदावादमा भएको तेस्रो (डे÷नाइट)टेस्टमा भारत १० विकेटले विजयी भएको थियो।

प्रकाशित मिति: १९:४७ बजे, शुक्रबार, फागुन २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्