Kathmandu Press

बीचैमा भाषण रोकेर हिँड्न बाध्य भए अर्थमन्त्री पौडेल

 बुटवल, फागुन २१ : रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यासपछि भाषण गर्न थालेका अर्थमन्त्री विष्णु पौडेलमाथि ढुंगामुढा भएको छ।औद्योगिक क्षेत्र प्रभावित स्थानीयले नाराबाजीसहित ढुंगामुढा सुरु...
बीचैमा भाषण रोकेर हिँड्न बाध्य भए अर्थमन्त्री पौडेल

 

बुटवल, फागुन २१ : रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यासपछि भाषण गर्न थालेका अर्थमन्त्री विष्णु पौडेलमाथि ढुंगामुढा भएको छ।

औद्योगिक क्षेत्र प्रभावित स्थानीयले नाराबाजीसहित ढुंगामुढा सुरु भएपछि उनले बीचैमा भाषण टुंग्याउनुपरेको छ।

अर्थमन्त्री पौडेलविरुद्ध उत्तेजक नारा लाग्न थालेपछि ओली समूहका कार्यकर्ताले पनि प्रतिकारमा ढुंगा प्रहार गरेका थिए ।

ठूलो संख्यामा परिचालित प्रहरीले दुवै पक्षबाट भएको ढुंगामुढा रोकेर परिस्थितिलाई नियन्त्रणमा लिएका थिए । 

बिहीबार शिलान्यास कार्यक्रमका लागि तयार पारिएकाे स्टेज स्थानीयले भत्काएका थिए। औद्योगिक क्षेत्रले फेरि अर्काे स्टेज बनाएका थिए ।

प्रकाशित मिति: १७:४२ बजे, शुक्रबार, फागुन २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्