Kathmandu Press

फिन्च चम्किँदा अस्ट्रेलिया विजयी, सिरिज २–२को बराबरीमा

काठमाडौं, फागुन २१ : कप्तान आरोन फिन्चले उत्कृष्ट ब्याटिङ गरेपछि अस्ट्रेलिया न्युजिल्यान्डविरुद्धको चौथो टी–२०मा विजयी भएको छ । शुक्रबार विलिङ्टनमा भएको चौथो टी–२०...
फिन्च चम्किँदा अस्ट्रेलिया विजयी, सिरिज २–२को बराबरीमा

काठमाडौं, फागुन २१ : कप्तान आरोन फिन्चले उत्कृष्ट ब्याटिङ गरेपछि अस्ट्रेलिया न्युजिल्यान्डविरुद्धको चौथो टी–२०मा विजयी भएको छ । शुक्रबार विलिङ्टनमा भएको चौथो टी–२० मा फिन्च चम्किएपछि अस्ट्रेलिया ५० रनले विजयी भयो।

यो जितसँगै ५ खेलको टी–२० सिरिज २–२को बरारबीको अवस्थामा पुगेको छ ।  सुरुवाती दुई टी–२० न्युजिल्यान्डले जितेको थियो भने त्यसपछि दुई खेलमा अस्ट्र्लिया विजयी भएपछि सिरिज रोमाञ्चक बनेको हो।

पहिला ब्याटिङ गर्दै अस्ट्रेलियाले दिएको १५७ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १८.५ ओभरमा१०६ रनमै अलआउट भयो। उसका लागि काइल जेमिन्सनले सर्वाधिक ३० रन बनाए भने टिम सेइफेर्टले १९ र डेभोन कोर्नेले १७ रनको योगदान दिए। न्युजिल्यान्डलाई सस्तैमा समेट्ने क्रममा अस्ट्रेलियाका केन रिचर्डसनले ३ तथा एस्टन अगर, एडम जम्पा र ग्लेन म्याक्सवेलले समान २ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनायो । उसका लागि कप्तान फिन्चले सर्वाधिक ७० रन बनाए । उनले ५५ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । यस्तै, मार्कस स्टोइनिस १९ र म्याक्सवेलले १८ रन बनाए । न्युजिल्यानडका इश सोधीले ३ र ट्रेन्ट बोल्टले २ विकेट लिए।

यी दुईबीचको पाँचौं तथा निर्णायक खेल मार्च ७ मा हुने छ।

 

प्रकाशित मिति: १७:१६ बजे, शुक्रबार, फागुन २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्