Kathmandu Press

नेकपा विवाद् चाँडो टुंग्याउन निर्वाचन आयोगलाई आग्रह

काठमाडौं, फागुन २१ :  प्रचण्ड–नेपाल समूहले नेकपाको अधिकारिकता विवाद जतिसक्दो चाँडो टुंग्याउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल...
नेकपा विवाद् चाँडो टुंग्याउन निर्वाचन आयोगलाई आग्रह

काठमाडौं, फागुन २१ :  प्रचण्ड–नेपाल समूहले नेकपाको अधिकारिकता विवाद जतिसक्दो चाँडो टुंग्याउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगलाई पत्र लेख्दै नेकपा आधिकारिकता विवाद चाँडो टुंग्याउन आग्रह गरेका हुन्।

अध्यक्षद्वयको पाँच पृष्ठ लामो पत्र लिएर  राजेन्द्र पाण्डेसहितका नेताहरु प्रमुख निर्वाचन आयुक्तलाई भेट्न आयोग पुगेका थिए ।  उनीहरुले नेकपा विवाद टुंग्याउने प्रक्रिया थाल्न निवेदन दिएका छन् । 

‘आइतबार आयोगको बैठक बस्ने र त्यही दिनबाट नेकपा विवाद मिलाउने प्रक्रिया सुरु गर्ने छौं,’ राजेन्द्र पाण्डेसहितका टोलीलाई प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने । 

प्रकाशित मिति: १७:०५ बजे, शुक्रबार, फागुन २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्