सांसद माया ज्ञवालीले छाडिन् ओली समूह
काठमाडौं, फागुन २१ : सांसद माया ज्ञवालीले नेकपा ओली समूह छाडेकी छन्।प्रतिनिधिसभा विघटन गरिनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दा हस्ताक्षर गरे...
काठमाडौं, फागुन २१ : सांसद माया ज्ञवालीले नेकपा ओली समूह छाडेकी छन्।
प्रतिनिधिसभा विघटन गरिनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दा हस्ताक्षर गरे पनि पछि उनी ओली समूहतिर लागेकी थिइन्।
नेकपा प्रचण्ड–नेपाल समूहको शुक्रबारको संसदीय दलको बैठकमा सहभागी हुन पुगेपछि नेत्री ज्ञवालीले ओली समूहलाई छाडेको प्रमाणित भएको हो।
बैठकअघि प्रचण्ड–नेपाल आफू पक्षीय सांसदहरूको हस्ताक्षर संकलन गर्दा नेत्री ज्ञवालीले पनि आफ्नो नाम लेखाएकी छन्।
पुनःस्थापित संसद्को बैठक नजिकिँदै गएका बेला विभाजित नेकपाका दुवै समूह बहुमत सांसद आफ्नो पक्षमा पार्ने प्रयत्न गरिरहेका छन्।
प्रकाशित मिति: १६:३९ बजे, शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790853075.png)