Kathmandu Press

कांग्रेस नेता जोशीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै

काठमाडौं, फागुन २१ : थापाथलीस्थित नर्भिक हस्पिटलमा उपचाररत नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशी स्वास्थ्यमा क्रमिक सुधार देखिन थालेको छ।आफैंले सास फेर्न थालेपछि...
कांग्रेस नेता जोशीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै
नवीन्द्रराज जोशी, नेता, नेपाली कांग्रेस ।

काठमाडौं, फागुन २१ : थापाथलीस्थित नर्भिक हस्पिटलमा उपचाररत नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशी स्वास्थ्यमा क्रमिक सुधार देखिन थालेको छ।

आफैंले सास फेर्न थालेपछि उनलाई भेन्टिलेटरबाट निकालिएको अस्पतालले जनाएको छ। मष्तिष्कघात भएपछि एक साताअघि उनलाई वीर अस्पताल हुँदै नर्भिकमा पुर्याई भर्ना गरिएको थियो।

नेता जोशीको उपचारमा न्यूरो सर्जन डा. राजीव झा संलग्न छन् । उनका अनुसार सोमबारदेखि मेसिनले सास फेराउने कामलाई घटाउँदै लगिएको र अवस्थामा सुधार हुँदै गएपछि बिहीबारदेखि पूर्ण रूपमा भेन्टिलेटर हटाइएकाे हो।

बिहीबार साँझदेखि उनले बायाँ हातखुट्टा पनि सामान्य चलाउन थालेका अस्पतालले जनाएकाे छ।

 

प्रकाशित मिति: १५:३४ बजे, शुक्रबार, फागुन २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्