Kathmandu Press

बादल र प्रकाण्डबीच सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं, फागुन २१ : गृहमन्त्री रामबहादुर थापा र नेकपा (विप्लव समूह)का वार्ता टोली संयोजक खड्ग विश्वकर्मा प्रकाण्डबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
बादल र प्रकाण्डबीच सम्झौतापत्रमा हस्ताक्षर
तस्बिर : सुजल बज्राचार्य/काठमाडाैं प्रेस

काठमाडौं, फागुन २१ : गृहमन्त्री रामबहादुर थापा र नेकपा (विप्लव समूह)का वार्ता टोली संयोजक खड्ग विश्वकर्मा प्रकाण्डबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

त्यसअघि सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले एक वर्षदेखि विप्लव समूहसँग संवाद अगाडि बढेको जानकारी दिएका थिए । गत साउन–भदौमा सघन रूपमा विचार आदानप्रदान भएको उनले बताए ।

मंसिर, पुस र माघमा थप प्रयासपछि तीन बुँदे सहमतिसम्म आइपुगेको उनले बताए । उनले तीनबुँदे सहमतिपत्र पढेर सुनाएका थिए ।

गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका वार्ता टोली संयोजक प्रकाण्डबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

प्रकाशित मिति: १५:०९ बजे, शुक्रबार, फागुन २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्