सरकार र विप्लव समूहबीच सम्झौतापत्रमा हस्ताक्षर समारोह सुरु
काठमाडौं, फागुन २१ : प्रधानमन्त्री केपी ओली र नेकपा (विप्लव समूह)का महासचिव नेत्रबिक्रम चन्दले सम्झौतापत्रमा हस्ताक्षर गर्ने समारोह सुरु भएको छ।प्रधानमन्त्री ओली र...
काठमाडौं, फागुन २१ : प्रधानमन्त्री केपी ओली र नेकपा (विप्लव समूह)का महासचिव नेत्रबिक्रम चन्दले सम्झौतापत्रमा हस्ताक्षर गर्ने समारोह सुरु भएको छ।
प्रधानमन्त्री ओली र विप्लव सँगै राष्ट्रिय सभागृहमा प्रवेश गरेका थिए । उनीहरूको साथमा वार्ता टोलीका सदस्यहरू पनि सँगै थिए। नेकपा नेता सुवासचन्द्र नेम्बाङ र गृहमन्त्री रामबहादुर थापा पनि साथमै आएका थिए।
कार्यक्रम सञ्चालन सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले गरिरहेका छन्।

प्रकाशित मिति: १४:५२ बजे, शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790853075.png)