बम बिस्फोटमा परि अफगानी महिला डाक्टरको मृत्यु
अफगानिस्तान, फागुन २१ : पूर्वी अफगानिस्तानको जलालाबादमा बम बिष्फोट हुदाँ एक महिला डाक्टरको मृत्यु भएको छ । डाक्टर सवार गाडिमा चुम्बकीय बम विस्फोट भएको थियो...
अफगानिस्तान, फागुन २१ : पूर्वी अफगानिस्तानको जलालाबादमा बम बिष्फोट हुदाँ एक महिला डाक्टरको मृत्यु भएको छ ।
डाक्टर सवार गाडिमा चुम्बकीय बम विस्फोट भएको थियो । बिहिबार नानगार प्रान्तीय अस्पतालको प्रसूति वार्डमा जाँदै गर्दा बम विस्फोट भएको जनाइएको छ । सो विस्फोटमा एक बलक पनि घाइते भएका छन् ।
यसैगरी सोही स्थानमा बिहिबार राती नै बन्दुकधारि समुहले अन्धाधुन्धा गोली चलाउँदा सात जना मारिएका छन् ।
मारिनेमा सोरख रोड जिल्लाको प्लास्टर कारखानामा काम गर्ने मजदुरहरु रहेको नानगरको प्रान्तीय पुलिस प्रमुख जुमा गुल हेमातले बताए ।
घटनामा संग्लन रहेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
प्रकाशित मिति: १४:४३ बजे, शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












