‘अहिले कांग्रेस सत्तामा जान उपयुक्त छैन’
चितवन, फागुन २१ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजुर्ननरसिंह केसीले अहिले कांग्रेस सत्तामा जान उपयुक्त नभएको बताएका छन्।नेपाल प्रेस युनियनले चितवनको भरतपुरमा शुक्रबार...
चितवन, फागुन २१ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजुर्ननरसिंह केसीले अहिले कांग्रेस सत्तामा जान उपयुक्त नभएको बताएका छन्।
नेपाल प्रेस युनियनले चितवनको भरतपुरमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जनताले पाँच वर्ष विपक्षमा बस्ने जनादेश दिएकाले त्यसको पालना गर्नुपर्नेमा जोड दिए।
नेता केसीले अहिले सरकारमा गएर कम्युनिस्ट सरकारले गरेका विभिन्न काण्डहरुको हिस्सेदारी बन्नुभन्दा विपक्षमा नै रहेर प्रतिपक्षी भूमिका निर्वाह गर्नुपर्ने तर्क गरे।
विधिवत् रूपमा नेकपा फुटिनसकेकाले त्यसको औपचारिक विभाजनपछि एउटा पक्षलाई सहयोग गरेर निर्वाचनको तयारीमा लाग्नु नै सही विकलप भएको उनले बताए ।
सोही क्रममा उनले आगामी महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार हुने जानकारी पनि दिए।
प्रकाशित मिति: १४:२६ बजे, शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790853075.png)