Kathmandu Press

 स्थानीयको विरोधकाबीच अर्थमन्त्रीले गरे मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास

काठमाडौं, फागुन २१ : स्थानीयको विरोधकाबीच अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीको मोतीपुरमा औद्योगिक क्षेत्र शिलान्यास गरेका छन्। शुक्रबार दिउँसो अर्थमन्त्री पौडेलले औद्योगिक क्षेत्र शिलान्यास गरेका...
 स्थानीयको विरोधकाबीच अर्थमन्त्रीले गरे मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास

काठमाडौं, फागुन २१ : स्थानीयको विरोधकाबीच अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीको मोतीपुरमा औद्योगिक क्षेत्र शिलान्यास गरेका छन्। शुक्रबार दिउँसो अर्थमन्त्री पौडेलले औद्योगिक क्षेत्र शिलान्यास गरेका हुन् ।

आफूहरुको जग्गामा औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै स्थानीयले बिहानैदेखि सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए । अर्थमन्त्री पौडेल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट आएपछि प्रहरीले प्रदर्शनकारीलाई लखेटेको थियो ।

मोतीपुरमा औद्योगिक क्षेत्रको विरोधमा स्थानीयले शिलान्यास कार्यक्रमका लागि बनाइदै गरेको मञ्च बिहीबार  भत्काएका थिए । पछि सुरक्षाकर्मीसमेतको सहयोगमा मञ्च निर्माण गरिएको थियो ।

प्रकाशित मिति: १४:१२ बजे, शुक्रबार, फागुन २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्