Kathmandu Press

पोखरामा कोरोना खोप भण्डारगृह शिलान्यास

कास्की, फागुन २१ : पोखरामा कोभिड–१९ विरुद्धको खोप भण्डारगृह निर्माण हुने भएको छ । पोखरा महानगरपालिका–१२ रामघाटस्थित गण्डकी प्रदेश स्वास्थ्य तालीम केन्द्रको परिसरमा निर्माण...
पोखरामा कोरोना खोप भण्डारगृह शिलान्यास

कास्की, फागुन २१ : पोखरामा कोभिड–१९ विरुद्धको खोप भण्डारगृह निर्माण हुने भएको छ । पोखरा महानगरपालिका–१२ रामघाटस्थित गण्डकी प्रदेश स्वास्थ्य तालीम केन्द्रको परिसरमा निर्माण हुने सो भण्डारगृहको आज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरे ।

सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीको  ७५ लाख तीन हजार ५७३ रुपैयाँ (भ्याट बाहेक) लागतमा खोप भण्डारगृह आगामी विसं २०७८ वैशाख १७ गतेभित्रमा निर्माण गरी सक्ने गरी यही फागुन १७ गते न्यू केपी कन्स्ट्रक्सन काठमाडौँसँग ठेक्का सम्झौता गरिएको प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्रका निर्देशक खिमबहादुर खड्काले जानकारी दिए ।

एक करोड १२ लाख ३६ हजार ४३५ रुपैयाँ लागत अनुमान रहेकामा सो रकममा निर्माण कम्पनीसँग सम्झौता गरिएको बताइन्छ । निर्देशक खड्काका अनुसार भण्डारगृह निर्माण सम्पन्न भएपछि दुईदेखि आठ सेन्टीग्रेट तापक्रममा ४० लाख जनसङ्ख्यालाई पुग्ने खोप व्यवस्थितरुपमा भण्डारण गर्न सकिनेछ । कोरोना महामारी अन्त्यपछि सो गृहलाई अन्य खोपको भण्डारगृहका रुपमा विकास गर्ने योजना रहेको जनाइएको छ ।

सो अवसरमा मुख्यमन्त्री गुरुङले कोरोना महामारीपछि स्वास्थ्य संरचना, उपकरण तथा जनशक्ति व्यवस्थापनमा राज्यले ठूलो लगानी गरेको बताए । देशका ३९६ स्थानीय तहमा एकैपटक अस्पताल भवन शिलान्यास गरिनु स्वास्थ्य क्षेत्रमा राज्यले गरेको ऐतिहासिक कार्य रहेको चर्चा गरे ।

प्रकाशित मिति: १३:२५ बजे, शुक्रबार, फागुन २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्