Kathmandu Press

कांग्रेसले सरकारमा जान हतारिनु हुँदैन : नेता सिंह

कलैया, फागुन २१ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिले पार्टीले सरकारमा जानुभन्दा प्रतिपक्षको भूमिकामा रही देशलाई सही दिशामा ल्याउन भूमिका खेल्नुपर्ने कुरामा...
कांग्रेसले सरकारमा जान हतारिनु हुँदैन : नेता सिंह
फाइल तस्बिर

कलैया, फागुन २१ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिले पार्टीले सरकारमा जानुभन्दा प्रतिपक्षको भूमिकामा रही देशलाई सही दिशामा ल्याउन भूमिका खेल्नुपर्ने कुरामा जोड दिएका छन्।

सिमरा विमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले कांग्रेसलाई सरकारमा जान हतार नगरी विद्यमान संकटलाई निकास दिनतिर भूमिका खेल्नुपर्ने धारणा राखेका हुन्। 

नेता सिंहले विधिको शासन कायम गर्न र प्रेस स्वतन्त्रतालाई मजबुत गर्न पनि कांग्रेसले प्रतिपक्षको भूमिका दरिलो रूपमा प्रस्तुत गर्नुपर्ने सुझाव दिए। उनले पार्टीमा देखिएको गुटपउगुटलाई चिरी एकता निर्माण गर्न सबैको पहल आवश्यक रहेको बताए। 

उनले संविधानले तोकेको समयसीमामा पार्टीको अधिवेशन गरी पार्टीलाई जीवन्त राख्न सबैको साझा दायित्व रहेको बताए। 

नेता सिंहले पार्टीमा आफ्नो ठूलो लगानी रहेको उल्लेख गर्दै कार्यकर्ताले विश्वास गरे सभापतिका लागि योग्य भएको स्पष्ट पारे।

उनी पतरौता नगरपालिका-९ कुडवा निवासी स्व. रामनारायण यादवको श्राद्धञ्जली सभामा सहभागी हुन बारा आएका हुन्। 

प्रकाशित मिति: १३:१२ बजे, शुक्रबार, फागुन २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्