Kathmandu Press

काठमाडौं आइपुगे विप्लव, प्रधानमन्त्री ओलीलाई भेट्दै

काठमाडौं, फागुन २१ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौं आइपुगेका छन्।दिउँसो राष्ट्रिय सभामा आयोजित कार्यक्रममा जानुअघि उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई...
काठमाडौं आइपुगे विप्लव, प्रधानमन्त्री ओलीलाई भेट्दै
फाइल तस्बिर

काठमाडौं, फागुन २१ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौं आइपुगेका छन्।

दिउँसो राष्ट्रिय सभामा आयोजित कार्यक्रममा जानुअघि उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार जाने कार्यक्रम रहेको स्रोतले बताएको छ।  

कार्यक्रममा के-कसरी प्रस्तुत हुने र सम्बोधनका लागि साझा धारणा के हुने भन्ने विषयमा संक्षिप्त छलफलका लागि ओली–विप्लवबीच भेट हुन लागेको बताइएको छ।

आफ्नो पार्टीमाथि प्रतिबन्ध लागेसँग उनी भूमिगत अवस्थामा थिए । बिहीबार उक्त प्रतिबन्ध फुकुवा भएसँगै शुक्रबार बिहान उनी पूर्वी नवलपरासीको देवचुलीमा सार्वजनिक भएका थिए। 

प्रकाशित मिति: १२:४२ बजे, शुक्रबार, फागुन २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्