प्रचण्ड–नेपाल समूह संसदीय दलको बैठक बस्दै
काठमाडौं, फागुन २१ नेकपा प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक आज बोलाइएको छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । नेकपा ओली समूहले...
काठमाडौं, फागुन २१ : नेकपा प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक आज बोलाइएको छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ ।
नेकपा ओली समूहले पनि शनिबार संसदीय दलको बैठक बोलाएको छ ।
यसअघि प्रचण्ड–माधव समूहले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता चयन गर्दै प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।
यद्यपि सो अविश्वासको प्रस्तावको सट्टा नयाँ अविश्वासको प्रस्ताव तयार पार्ने दलहरुको तयारी छ ।
प्रकाशित मिति: ११:१६ बजे, शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790853075.png)