जनतालाई खुसी बनाउँदै सहिदको सपना पुरा गर्दैछौं : प्रधानमन्त्री
काठमाडौं, फागुन २१ : प्रधानमन्त्री केपी ओलीले जनतालाई सुखी बनाउँदै सहिदको सपना साकार गर्ने गरी सरकारले काम गरिरहेको बताएका छन् । सुखानी स्मृति...
काठमाडौं, फागुन २१ : प्रधानमन्त्री केपी ओलीले जनतालाई सुखी बनाउँदै सहिदको सपना साकार गर्ने गरी सरकारले काम गरिरहेको बताएका छन् । सुखानी स्मृति दिवसका अवसरमा श्रद्धाञ्जदी वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले देशलाई समृद्ध बनाउँदै सहिदको सपाना पुरा गर्न सरकार लागेको बताए।
झापा आन्दोलनका क्रममा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई कारागार सार्ने बहानामा ४८ वर्षअघि सुखानीको जंगलमा लगी पञ्चायती सत्ताले हत्या गरेको घटनालाई सुखानी स्मृति दिवसको रुपमा स्मरण गरिन्छ ।
उनले राजनीतिक स्थिरता कायम गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने लक्ष्य सरकारको रहेको पनि बताए । स्वाधीनता, अखण्डता र स्वाभिमान प्राप्तिका लागि जस्तोसुकै अवरोधहरु पनि छिचोल्ने बताए।
प्रधानमन्त्री ओलीले श्रद्धाञ्जली व्यक्तव्यमा लेखेका छन्– ‘कम्युनिष्ट पार्टीले आफ्नो स्थापनाकालमा सैद्धान्तिक रुपमा राखेको गणतन्त्रको मागलाई जनस्तरमा विस्तार गर्दै विभाजित कम्युनिष्ट आन्दोलनलाई सवल बनाउन सो आन्दोलन एउटा गौरवपूर्ण प्रस्थान बिन्दु थियो। त्यतिबेलै हामीले पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रलाई उखेलेर फाल्ने र गणतन्त्र स्थापना गर्ने उदघोष गरेका थियौं । हामीले त्यस उदघोषलाई सार्थक बनाउँदै गणतन्त्र स्थापना गरेका छौं।’











-1790853075.png)