तीन सातापछि खुल्यो रसुवागढी नाका
काठमाडौं, फागुन २१ : रसुवागढी नाका तीन सातापछि शुक्रबारबाट खुलेको छ । ल्होसारका कारण बन्द नेपाल–चीन व्यापारिक नाका सरुवागढी माघ २९ गतेदेखि बन्द...
काठमाडौं, फागुन २१ : रसुवागढी नाका तीन सातापछि शुक्रबारबाट खुलेको छ । ल्होसारका कारण बन्द नेपाल–चीन व्यापारिक नाका सरुवागढी माघ २९ गतेदेखि बन्द भएको थियो।
नाका खुलेसँगै नेपाली व्यावसायीको सामान बोकेका ७ वटा कन्टेनर आजै केरुङबाट नेपाल आउने भएका छन् । नाका खुल्ने सम्बन्धी जानकारी चिनियाँ अधिकारीले बिहीबार बेलुकी मात्र नेपाललाई दिएको थियो।
भन्सार प्रशासन खुल्लै रहे पनि कामदार छुट्टीमा गएपछि २३ दिनदेखि नाकाको व्यापार ठप्प बनेको थियो ।
प्रकाशित मिति: ०९:३५ बजे, शुक्रबार, फागुन २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790853075.png)