Kathmandu Press

खुल्यो ज्योति लाइफको आईपिओ

काठमाडौं, फागुन २१ : ज्योति लाइफ इन्स्योरेन्सको आईपिओ आजबाट खुलेको छ। ज्योति लाइफले जारी पुँजी २ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशत अर्थात...
खुल्यो ज्योति लाइफको आईपिओ

काठमाडौं, फागुन २१ : ज्योति लाइफ इन्स्योरेन्सको आईपिओ आजबाट खुलेको छ। ज्योति लाइफले जारी पुँजी २ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको साधारण सेयर शुक्रबारबाट निस्कासन गरेको हो।

सुरुमा ज्योति लाइफले आइतबारदेखि मात्र आईपिओ खुलाउने बताएको थियो, तर सिडिएस एण्ड क्लियरिङको आग्रहपछि उसले शुक्रबारबाटै आईपिओ खुला गरेको हो।

१ सय रुपौयँका दरले ६६ लाख कित्ता सेयर जारी हुनेछ। जसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि ६ लाख ६० हजार कित्ता र बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन हुनेछ।  

आइपिओ भर्ने मध्ये ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले पाउने छन्। आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ।

ज्योति लाइफको आईपिओ फागुन २६ गतेसम्म भर्न सकिने छ।

 

प्रकाशित मिति: ०९:१४ बजे, शुक्रबार, फागुन २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्