एन्डफिल्डमा कमजोर लिभरपुल
अघिल्ला दुई सिजन एन्डफिल्डमा लिभरपुलले गज्जबको फुटबल खेल्यो, उसलाई एन्डफिल्डमा हराउने सायदैले सोचे होला । एन्डफिल्डमा उ लागतार ६८ खेलसम्म अपराजित थियो। तर,...
अघिल्ला दुई सिजन एन्डफिल्डमा लिभरपुलले गज्जबको फुटबल खेल्यो, उसलाई एन्डफिल्डमा हराउने सायदैले सोचे होला । एन्डफिल्डमा उ लागतार ६८ खेलसम्म अपराजित थियो। तर, अहिले अवस्था फेरिएको छ, एन्डफिल्डमै उ लगतार पाचौं हार बेहोर्न बाध्य भएको छ या भनौं अब उसलाई एन्डफिल्डमा हराउनेबारे तालिकाको पुछारको टिमले पनि सोच्नेछ।
घरेलु मैदानमा लगतार खराब प्रदर्शन गरिरहेको लिभरपुललाई पाचौं हार चखाउनेक्रममा बिहीबार राति चेल्सीले १–०ले हरायो। चेल्सीलाई जित दिलाउन युवा विंगर मासोन माउन्टले निर्णायक गोल गरे। उनले ४२औं मिनेटमा उत्कृष्ट भली गोल गरेका थिए ।
थोमस टुचेलको प्रशिक्षणमा चेल्सीले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। टुचेलको प्रशिक्षणमा अपराजित रहेको चेल्सीले १० खेलमा २ गोल मात्र खाएको छ।
प्रिमियर लिगअन्तर्गत बिहीबार राति नै भएका अन्य खेलमा टोटनह्याम र एभर्टन पनि विजयी भएका छन् । टोटनह्यामले आत्मघाती गोल मद्दतमा फुलह्यामलाई १–०ले हरायो भने रिचार्लिसनको निर्णायक गोल मद्दतमा एभर्टनले वेष्टब्रुमलाई १–० ले हरायो।
जितपछि चेल्सी २७ खेलबाट ४७ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ । लिभरपुल ४३ अंकसहित सातौं स्थानमा छ । टोनटह्याम ४२ अंकका साथ आठौं र ४६ अंक जोडेको एभर्टन पाँचौं स्थानमा छ ।











