Kathmandu Press

नेपालको आर्थिक वृद्धिदर ऋणात्मक, प्रतिव्यक्ति आय पनि घट्यो

काठमाडौं, फागुन २० : कोरोना भाइरसको महामारीका कारण नेपालको आर्थिक वृद्धिदर ऋणात्मक भएको छ भने प्रतिव्यक्ति आय पनि घटेको छ।बिहीबार केन्द्रीय तथ्यांक विभागले...
नेपालको आर्थिक वृद्धिदर ऋणात्मक, प्रतिव्यक्ति आय पनि घट्यो

काठमाडौं, फागुन २० : कोरोना भाइरसको महामारीका कारण नेपालको आर्थिक वृद्धिदर ऋणात्मक भएको छ भने प्रतिव्यक्ति आय पनि घटेको छ।

बिहीबार केन्द्रीय तथ्यांक विभागले एक कार्यक्रमको आयोजना गरी यससम्बन्धी जानकारी दिएको हो। विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर ऋणात्मक देखिएको हो। गत आवमा वार्षिक आर्थिक वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक भएको हो।

यस वर्ष प्रतिव्यक्ति आय एक हजार १३४ अमेरिकी डलर रहेको विभागले जनाएको छ। आर्थिक वर्ष २०७५/७६ मा नेपालीको औसत प्रतिव्यक्ति आय एक हजार १५९ डलर थियो।

नयाँ आधार वर्षअनुसार नेपालको अर्थतन्त्रको आकार ३९.४३ खर्ब पुगेको विभागले जनाएको छ। नयाँ आधार वर्ष लागू भएपछि हालको अर्थतन्त्रको आकार केही बढ्ने अनुमान गरिएको छ।

केन्द्रीय तथ्याङ्क विभागले कूल गार्हस्थ उत्पादन गणनाको आधार वर्ष परिवर्तन भएको हो। कार्यक्रममा हालको राष्ट्रिय लेखा तथ्याङ्कको गणना गर्दाको आधार वर्ष सन् २०००/०१ प्रतिस्थापन गरी नयाँ आधार वर्ष कायम गरेको जानकारी दिइएको हो।

अबदेखि सन् २०१०/११ को आधारमा विगत तथा आगामी वर्षको स्थिर मूल्यमा गणना र मापन गरिनेछ। सम्पूर्ण गणनाको आधार वर्ष सन् २०१०/११ लाई कायम गरिएको छ।

अर्थतन्त्रमा नयाँ क्षेत्र उदाउँदै गरेको र परिवेश फेरिएको भन्दै विभागले सन् २०१०/११ लाई नयाँ आधार वर्ष निर्धारण गरेको हो। अन्तर्राष्ट्रिय मापदण्ड र सिद्धान्तअनुसार नै नयाँ आधार वर्ष परिवर्तन गरिएको विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।

यो नेपालको इतिहासमा पाँचौँ आधार वर्ष हो । दुई दशक पुरानो मूल्य आधारबाट अहिलेको वास्तविक अर्थतन्त्रको मापन कठिन भएकाले आधार वर्ष परिवर्तन गरिएको उनले बताए।

 

प्रकाशित मिति: १८:२७ बजे, बिहीबार, फागुन २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्