Kathmandu Press

नेविसंघको रिले अनशनमा पुगे पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं, फागुन २० : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले बिहीबार त्रिभुवन विश्वविद्यालयमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले...
नेविसंघको रिले अनशनमा पुगे पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं, फागुन २० : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले बिहीबार त्रिभुवन विश्वविद्यालयमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले गरेको रिले अनशनस्थलमा पुगेर समर्थन जनाएका छन्।

कीर्तिपुरस्थित उपकुलपति कार्यालयबाहिर नेविसंघले गरेको विरोध कार्यक्रममै पुगेर उनले समर्थन जनाएका हुन् । उनले त्यहाँ राखिएकाे उपस्थिति पुस्तिकामा हस्ताक्षरसमेत गरेको जनाइएको छ।

त्रिवि क्यालेन्डरअनुसार नयाँ भर्ना सुरु गर्नुपर्ने, स्ववियु निर्वाचन तत्काल घोषणा गर्नुपर्ने, नेविसंघ र त्रिविबीच भएको २३ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने, नेविसंघका विद्यार्थीमाथि लागेको मुद्दा फिर्ता हुनुपर्नेलगायत माग राखेर नेविसंघको त्रिवि समितिले रिले अनशन गरिरहेको छ।

नेता नेपालले विश्वविद्यालयका विद्यार्थीको आवाज दबाउन पचायतकालदेखि अहिलेसम्म विभिन्न प्रपञ्च भइरहेको उल्लेख गर्दै त्यसविरुद्ध नेविसंघले उठाएको आवाजप्रति समर्थन जनाएको बताइएको छ।

प्रकाशित मिति: १७:०० बजे, बिहीबार, फागुन २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्