Kathmandu Press

नेकपाको दोस्रो पुस्ताका नेताबीच एकताबारे छलफल

काठमाडौं, फागुन २० : कोरोना विरुद्धको खोप लगाइसकेपछि बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता वामदेव गौतमले विभाजित नेकपाका दुवै समूहको दोस्रो पुस्ताका नेताहरूलाई एकताबद्ध...
नेकपाको दोस्रो पुस्ताका नेताबीच एकताबारे छलफल

काठमाडौं, फागुन २० : कोरोना विरुद्धको खोप लगाइसकेपछि बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता वामदेव गौतमले विभाजित नेकपाका दुवै समूहको दोस्रो पुस्ताका नेताहरूलाई एकताबद्ध गरेर पार्टी एकता अभियानलाई अझ सशक्त बनाउने भनेका थिए ।

संयोग नै मान्नुपर्छ बिहीबार नै विभाजित नेकपाका दुई समूहका दोस्रो पुस्ताका दुई प्रभाववशाली नेताहरूले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेटेर एकताबारे छलफल गरेका छन्।  

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं ओली समूहका स्थायी कमिटी सदस्य शंकर पोखरेल र पूर्वकृषिमन्त्री तथा प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालबीच झन्डै एक घण्टा कुराकानी भयो। उनीहरूबीच भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

भेटपछि नेता भुसालले आफूहरू पार्टी एकताका पक्षमा रहेको र पहिलेदेखि सो विषयमा कुराकानी हुँदै आएको बताए। बिहीबारको छलफल त्यसैको अर्को शृंंखला भएको उनले जानकारी दिए।

नेकपा दुवै समूहका नेताहरूबीच दूरी नसाँघुरिएको र राजनीतिमा असम्भव भन्ने कुरा केही नभएको प्रतिक्रिया पनि उनले दिए।

यसले विभाजित नेकपा फेरि एकताको स्थितिमा फर्कन सक्ने सम्भावनालाई बल पुर्याएको छ। 

प्रकाशित मिति: १६:३७ बजे, बिहीबार, फागुन २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्